शुभ नारायण यादव ,सप्तरी २ मङ्सिर ।सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.७ बिष्णुपुर चाेैकमा भएको आगलागिबाट अग्नि पिडित परिवारलाई एक संस्थाले राहत वितरण गरेका छन । विघुतकाे तार सर्ट भएर दिपावलिकाे राति अचानक भएको आगलागिमा सुशील साह ,रसिया साह सहितकाे पसल तथा पसलमा रहेका सम्पुर्ण सर समान जलेर झन्डै १५ लाख मूल्य वरावरकाे क्षति भएको थियाे । यसेैबिच अग्नि पिडित परिवारलाई धर्मि हल्फा महिला विकास क्लवले राहत स्वरुप त्रिपाल ,भाडाकुडा ,साडि ,धाेति ,करहि लगायतका विभिन्न सामग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । साे राहत वितरणमा युवा पत्रकार शुभ नारायण यादव ,प्रहरी चाेैकि बिष्णुपुरका प्रतिनिधि ,समाजसेवि ,बुद्धिजीवी लगायतकाे उपस्थिति रहेकाे थियाे । विगत लामाे समयदेखि निस्वार्थ भावनाले आफ्नाे वुवा आमाकाे नामबाट सप्तरीको विभिन्न नगरपालिका तथा गाउपालिकाकाे विभिन्न वडाहरुमा पुगेर क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले राहत वितरण गरेर जिल्लाकाे लागि नमुना कार्य गर्दै आउनु भएको छ ।