शुभ नारायण यादव,
राजविराज, ३२ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रवाट अबैध स्याउ सहित एक जना तस्करलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पछिल्लोपटक विभिन्न सिमावर्ती नाकाबाट सप्तरीमा अबैध स्याउ तस्करी फष्टाएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१२ मा उत्तरबाट दक्षिण भारत तर्फ २ वटा ठेलामा समान लोड गरी लादै गरेको अवस्थामा प्रहरी टोलीले एक जना ठेला चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१२ का ४० वर्षिय शिवम पण्डितलाई नियन्त्रणमा लिई २ वटै ठेलामा रहेको अबैध स्याउ २५ कार्टुन र २ थान ठेला समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ. एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सोही वडाका मनोज मुखियाको गोठबाट लिई आएको वताएकोले सो स्थानमा खानतलासी गर्दा ६० कार्टुन स्याउ समेत बरामद गरीएको प्रहरीले जनाएका छ । झण्डै ८५ कार्टुन स्याउ तथा स्याउ लोड गरी लादै गरेको २ थान ठेला समेत गरी तिन लाख पैतालिस हजार मुल्याङकन गरी आवश्यक कार्वाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाएको सप्तरी प्रहरीले जनाएको छ ।