ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ३२ साउन ।
सम्पूर्ण मजदुरहरुको अधिकारका लािग एक हुनुपर्नेमा जोड एक कार्यक्रममा सहभागीहरुले दिएका छन । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.७ ब्रहमपुरमा वडा कार्यालयको उदघाटन समारोहमा सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा सहभागीहरुले जब सम्म मजदुरहरुले आफ्नो हक अधिकार पाउदैन ,त सम्म मजदुरको अधिकारका लागि जिफन्ट लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन ।
नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका वडा कमिटी अध्यक्ष रामकुमार साहको अध्यक्षता तथा वडा अध्यक्ष रामनारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित भएको थियो भने सो वडा कमिटी उदघाटन समारोहमा जिफन्टका डाक्नेश्वरी नगरपालिकाका नगर अध्यक्ष रामअवतार यादव , जिफन्टका मो मस्तकिम वेदिल, निरन्जन चौधरी, भुला राम, वालकृष्ण कर्ण, विरेन्द्र कुमार साह, दिपेन्द्र चौधरी, पाँचलाल मण्डल, रामसेवक मण्डल, युवा नेता सन्दिप कुमार मण्डल , समाजसेवी शत्रुधान मण्डल , महिला नेत्री लगायतकाहरुको उपस्थिति थियो ।