शुभ नारायण यादव सप्तरी ,२८ साउन ।
२२ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सप्तरी जिल्लाका बिभिन्न ५ बिद्याका युवाहरुलाई एक कार्यक्रम बिच जिल्ला खेलकुद बिकास समितिको कार्यालयको सभाहलमा सम्मानित गरिएको छ ।
“खाद्यान्न प्रणालीमा रूपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन“ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् ।
सोहि सन्दर्भमा सप्तरी जिल्लाको युवाहरु बिभिन्न युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई भब्यताका साथ मनाउदै सप्तरीका विभिन्न क्षेत्रका पाच जना युवालाई सम्मान गरेका हुन । सेभ द चिल्ड्रेनसंगको सहकार्य तथा सबल नेपाल, सप्तरी युथ र सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी जिल्लाका उत्कृष्ट ५ बिद्याका ५ युवालाई सम्मानित गर्दै आइरहेको छ । सोहि सन्दर्भमा यस बर्ष पनी सहकारिता तर्फ आईडियल सहकारी संस्था लिमिटेडका प्रबन्धक बिनोद रजक, कला तर्फ मैथलि फिल्मका नायक रिन्जन कुमार शर्मा (करन), समाजसेवा तर्फ नेपाल वेलफेयर सोसाईटिका परियोजना व्यवस्थापक मो जकाउल्ला, खेल तर्फ क्रिकेटर निरज यादव तथा उद्यमि तर्फ व्यवसायी अमृत सन्चेतीलाई सम्मान गरिएको छ ।
उत्कृष्ट भएका युवाहरुलाई प्रमाण पत्र तथा मायाको चिनो सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठको अध्यक्षता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरि उपरिक्षक नरेश साह, सेभ द चिल्ड्रेनका सप्तरी प्रमुख अरुण महतो, राजबिराज नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष समिर झा, वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डल,नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दन कुमार यादव, सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव, सबल नेपालका अशोक साह लगायतले अा आफना मन्तव्य राखेका थिए ।