राजविराज साउन २७ गते । तत्कालीन फोरम नेपाल को तर्फबाट राजविराजनगरपालिका वाड न.७ मा एक कार्यक्रम विच वडाअधक्षयको प्रत्यासी उम्मेदवार तथा तत्कालीन लोकतान्त्रिक फोरम प्रत्यासी उम्मेदवार लगायत विभिन्न पार्टी परित्याग गरी बुधवार माओवादी केन्द्रमा प्रवेश गरेका छन । तत्कालीन फोरम नेपालको तर्फबाट राजविराजनगरपालिका वाड न.७ का वडाअधक्षयको प्रत्यासी उम्मेदवार रामपृत मन्डल, तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट वडा सदस्यको महिला उम्मेदवार सरस्वती साह फोरम नेपालको वडा न.६ पार्टी अध्यक्ष शंकर साह लगायत नेताकार्यकर्तालाई पार्टीको के.स.तथा सप्तरी अध्यक्ष अशोक कमार.मन्डल प्रदेश सदस्यद्दय महेश प्र.यादव ,.छेदी रजक, माओवादी केन्द्र राजबिराज नगरपालिकाका अध्यक्ष रामगमन साह,वाईसीएल जिल्ला ईन्चार्य मधुसुदन यादव लगायतले फुलमाला र अबिर लगाइ माओबादीकेन्द्र पार्टीमा प्रवेश गराएका छन ।
यसै विच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )राजबिराज नगरपालिका वार्डान.६ को भेलाबाट मनोज यादवको अध्यक्षतामा रहेना खातुन सचिब रहने गरि ५१ सदस्यीय वाडा कमिटी निर्माण गरिएको छ ।