राजविराज , साउन २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) राजगढ गाउँपालिका कमिटीको एक कार्यक्रम विच गाउँपालिका भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजगढ गाउँपालीकको बैठक जिल्ला सदस्य मोड्डईवा्रहिमको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य छेदी रजक, जिल्ला सदस्य शेर सिंह,मनोज यादव लगायतले शुभकामना मन्तब्य दिएका थिए। । सो भेलावाट राजगढ गाउँपालीकको बैठकवाट विन्देश्वर यादवको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन भएको छ । सो कमिटीमा ईन्चार्यमा मोड्डईवा्रहिम ,उपाध्यक्षमा दिलिप सिह, सचिवमा श्यामसुन्दर यादव,सहसचिवमा विजय कुमार मण्डल,कोषाध्यक्षमा रेणु गुप्ता रहेका छन । त्यसै गरी मोहीत खाँन, अरुरी मुखिया,लक्ष्मण यादव,महीराम शर्मा,शिवु मण्डल,दशरथ यादव,बलराम खंग,शान्ति देवी राम,राम कुमारी साह,कारी यादव सदस्य रहेका छन ।