शुभ नारायण यादव,
सप्तरी ,०१ मङ्सिर ।
सप्तरीको महदेवा गाउपालिका वडा न.१ पकरि बिरौलका एक जना ब्यक्तिमाथि बिना कारण मर्नासन हुनेगरी कुटपिट गरेको छ । जग्गा सम्बन्धि पुरानो रिसिभिका कारणले स्थानिय ४५ बर्षिृय शशी कुमार यादवमाथि निर्घात कुटपिट गरेका हुन ।सोहि ठाउका स्थानीय युवाहरुले दिपावलिको राति अचानक घरमा आएर खुकुरि प्रहार गर्नुका साथै घरमा बम समेत फ्याएको पिडित यादवले बताएका छन । बम प्रहारबाट यादवको घरमा रहेको धान ,चामल लगायतका जिन्सि सर समान समेत क्षति भएको पिडितले सन्चारकर्मिहरुलाइ बताएका छन ।यता कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल छिन्नमस्ता हस्पिटल राजविराजमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ । यसै बिच जग्गा सम्बन्ध पुरानो रिसिभिका कारणले सोहि ठाउका अजय भनिने तेज नारायण यादव ,डाक्नेश्वरि नगरपालिका वडा न.९ पत्थरगाडाका टुना लाल साह र रुपनि गाउपालिका वडा न.५ हर्दियाका इन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ समेत गरेको छ । यता पक्राउ परेका तिने जनामाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि राजेन्द्रप्रसाद धमलाले जानकारि दिनुभयो । एसपि धमलाका अनुसार ती ब्यक्तिहरु गाउघरमा खुकुरि लगायतका घरेलु हातहतियार लिएर घुमफिर गर्ने गरेकोले तिनिहरुलाइ पक्राउ गरिएको जनाएको छ ।