शुभनारायण यादव,
राजविराज, २५ साउन ।
आँखा रोगीका लागि बरदानको रुपमा राजविराज स्थित आई एण्ड जनरल हस्पिटल प्रालिले आँखाको सामान्य उपचार देखि जटिल प्रकृतिका रोगको शल्यक्रिया सुरु गरेको छ ।
२०७८ बैशाख देखि स्थापना भएको सो अस्पतालबाट आँखा सम्बन्धी रोगको उपचारका साथै जटिल प्रकृतिका शल्यक्रिया समेत सुरु भएपछि आँखा रोगले पीडितहरुलाई सहज भएको छ ।
यसैबीच सोमबार सो अस्पतालमा राजविराज १ का ६५ वर्षिय कृष्णदेव ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ की ७२ वर्षिया प्रमितादेवी सिंहको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको छ ।
अत्याधुनिक सर्जरी सेवा सुरु गरेको अस्पतालमा दुई जना दृष्टि रोग विशेषज्ञ, एक जना अपथालमिक अफिसर र ६ जना अप्टोमेट्रिससहित १९ जना स्वास्थ्यकर्मी र कर्मचारी स्वास्थय सेवाका लागि कार्यरत रहेको सो अस्पतालका अप्थेल्मिक अफिसर रमेशकुमार सिंह र सिनियर अप्टोमेट्री सन्तोष यादव ले जानकारी दिनु भयाे।
मोतियाबिन्दुका साथै आँखामा मासु पलाएका दुबैजनाको डा. महेश यादव र डा. हरिश यादवको चिकित्सक टोलीले आधुनिक उपकरणको सहायताले सफल शल्यक्रिया गरेका हुन् ।