शुभ नारायण यादव,
राजविराज, २२ साउन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा दुईवटा पुल निर्माण योजनाको लागी करोडौं बजेट निकासा भएपनि काम भने कागजमै सिमित रहेको छ । पुल तथा गाउँको विकासको आसमा आम जनसमुदायले आफ्नो अमुल्य मत दिएर जन प्रतिनिधिलाइ विजयि बनाए पनि जनप्रतिनिधि भनने लुटन मे ब्यस्त रहेको आरोप स्थानीयहरुको रहेको छ । यसै क्रममा सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा न. ३ सकरपुरा स्थित झोलुङ्गे पुल निर्माणका लागि २ करोड ८२ लाख ८० हजार १ सय ५० बिनियोजन गरेकोमा ७० लाख निकासा गरेको पाएको छ ।
कागतमा झोलुङ्गे पुल निर्माण गरि बजेट निकासा गरे पनि काम भने नभएको तिलाठी कोईलाडी गाउँपालिका वडा न.७ का बिनोद रामले जानकारी दिनुभयो । लाखौं बजेट निकासा भयो, उहाले भन्नुभयो– तर काम भने पटक्कै भएको छैन । तिलाठी कोईलाडी गाउँपालिका वडा न.७ का अर्का स्थानीय सकलदेव खंगले पुल निर्माणमा बजेट आएको कुरा आफुलाई जानकारी नभएको बताउनुभयो। उहाले पुल निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताउँदै पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
यसैगरी तिलाठी–सकरपुरामा समेत पुल निर्माणको काम नभएको स्थानीयले बताएका छन् । झोलुङ्गे पुल निर्माण हुनेबारे सुन्नुमा आएको थियो एक स्थानीयले भने तर काम भने भएकै छैन । तिलाठी–सकरपुरामा पुल निर्माण कार्यका लागि उपभोक्त समिति निर्माण भएपनि काम भने नभएको उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र मुखियाले जानकारी दिनुभयो । पेस्कीबापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको उहाले बताउनुभयो । त्यसै गरि तिलाठी कोइलाडीइ गाउँपालिकाको वडा न. ७ मंसापुरस्थित जिता खोला तथा वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनामा कामै नगरी लाखौं बजेट निकाशा भएको हो ।
मंसापुरमा झोलुङ्गे पुल निर्माका लागि कूल २९ लाख, १९ हजार, ७ सय ५६ रुपैया बजेट बिनियोजन गरिएकोमा कामै नगरी १६ लाख ३७ हजार पेस्की निकासा गरिएको पाईएको छ । यसैबिच सो समबन्धमा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले कोरोना महामारी तथा बाढीका कारण पुल निर्माण कार्य नभएको बताउनुभयो । उपभोक्ता समिति अन्तिम समयमा गठन भएकोले काम गर्न समस्या भएकोले छिट्टै पुल निर्माणको कार्य शुरु हुने बताए । सकरपुरामा उपभोक्तबाट काम नभएपछि टेन्डरद्वारा पुल निर्माण गर्ने तयारी भईरहेको अध्यक्ष सिंहले बताउनुभयो । यता गाउपालिकाले करोडौं रकम कागजमै निकासा गरेको तथा झोलुङगे पुल निर्माण नभएको प्रती स्थानीयबासिहरुले उसको छानविन गरि दोषिमाथि आवश्यक कानुनीइ कारबाही हुनुपर्ने माग गरेका छन ।