शुभ नारायण यादव,
राजविराज, २२ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–९ स्थित रहेको एक पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा न.–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको हो ।
छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछा पालन गरिने पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्र.ना.उ. माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यता लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताए । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।