शुभ नारायण यादव,
राजविराज, २१ साउन ।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपालको अर्थतन्त्र अझै पनि कृषिमा अधारित भएकोले कृषिको बिकास भए मात्र देशको बिकास सम्भव हुने बताउनुभएको छ । मुख्य श्रोतको रुपमा कृषि नेपालको मेरुदण्ड भएकोले कृषि क्षेत्र र कृषकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ । स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तालाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.६ गोरगमा,रन्जितपुर बजारमा कृषि हाट बजारको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदे मन्त्री साहले सो कुरा बताउनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुदे मन्त्री साहले यस्ता कृषि हाट सेडले यहाका साना किसानहरु लाभान्वित हुने विश्वास ब्यक्त गर्नुहुदे उहाले मुलुकमा तीन तहको सरकार आएपछि मुलुकमा आमुल परिवर्तन हुनुपर्ने थियो ,तर तिन तहको सरकारमा सहकार्यको कमिका कारणले अहिलेसम्म जस्तो बिकास हुनुपर्ने थियो त्यो हुन नसकेपनि अब निकट भविष्यमा जनताको चाहना अनुसार मुलुकमा बिकास हुने बताउनुभयो । उहाले मुलुकमा विभिन्न राजनितिक परिवर्तन आएपनि शिक्षा ,स्वास्थ्य लगायतमा प्रदेश न.२ अझै पछाडि परेकाले अब बिकास निर्माणको सवालमा सदेव प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । मन्त्री साहले नेपालको अन्य प्रदेशको तुलनामा २ न. प्रदेशमा जनसंख्या पनि बढि रहेकाले गरिबीको रेखामुनि २ न. प्रदेशबासि रहेकाले अब सबै नागरिक साकारात्मक सोचका साथ अगाडि बढेमा अवश्य पनि यो प्रदेशको बिकास हुने बताउनुभयो ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.६ गोरगमा,रन्जितपुर बजारमा कृषि हाट बजार निर्माण भएको सो बजार १५ धुर क्षेत्रफलमा विष्णुपुर गाउँपालिका वडा न.६ गोरगमा,रन्जितपुरमा निर्माण गरिएको बजारमा झन्डै २५ लाख रुपैयाँ खर्च भएको र यो रकम प्रदेश न. २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्वकीय सचिव दुर्गा साहले जानकारी दिनुभयो ।
प्रदेश २ सरकार अन्तर्गतको तत्कालीन व्यावसायिक कृषि तथा व्यापार अव्यवस्थित रूपमा सञ्चालनमा रहेको तरकारी बजारलाई व्यवस्थित बनाउन एकीकृत तरकारी बजार निर्माणले सहयोग पु¥याउने विश्वास समेत कृषि मन्त्री साहले लिएको छ।
बजारमा नम्बर– २ का सप्तरी स्थित रन्जितपुरमा तरकारी बजार मापदण्ड अनुसार भएको जनाएको छ ।बजारको उद्घाटन गर्दे कृषि मन्त्री साहले कृषिको उत्पादनमा वृद्धि र उचित मुल्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री साहले सप्तरीमे पहिलो नक्शाङन सहितको हाट सेड निर्माण भएको तथा प्रदेशको विकासका लागि कृषिमा लगानि गर्नुपर्नेमा जोड दिदे मन्त्री साहले बिकासको लागि साकारात्मक सोच भएमा अवश्यक समाजको विकास हुने विश्वास ब्यक्त गर्नुभयो । कृषि हाट सेड निर्माण समितिका अध्यक्ष तथा जसपाका युवा नेता राजेश कुमार राय राहुलको अध्यक्षतामा आयोजित सो उदघाटन समारोहमा विशिष्ट अतिथिहरु बिष्णुपुर गाउपालिका अध्यक्ष लिलाम्बर यादव , प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादव ,जसपाका केन्द्रीय सदस्य दिनेश कुमार यादव , सुनिल झा ,युवा नेता सत्येन्द यादव ,भुपु अध्यक्ष सुरेन्द्र यादव लगायतकाहरुले गाउपालिकाले पनि ठोस कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसेगरि सोहि कार्यक्रममा बिष्णुपुर गाउपालिका वडा न.६ का वडा अध्यक्ष बहादुर सदा ,वडा सदस्य राम कुमार राय ,महिला नेतृ किरण राय ,युवा नेता लक्ष्मण यादव ,अवकाश प्राप्त महन्थि यादव ,नारायण राय, देब नारायण राय, राम लखन साह , भोलि राम, राम सुन्दर यादव ,पन्चदेव यादव , हरि नारायण यादव ,राम चरित्र यादव ,महादेव यादव ,बिरेन्द ठाकुर लगायतकाहरुले नेपालमा ७४ प्रतिशत जनता कृषिमा आधारित रहेकाले कृषिमुखि बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।सोहि कार्यक्रममा स्थानीय समाजसेवि राजेन्द्रप्रसाद साह , सिताराम पण्डित , बिसुनदेव यादव , जगरनाथ दास , विघानन्द शर्मा , गोरि मुखिया , देब नारायण यादव , मन्जु देवि यादव , जुगेश्वर साह ,वडाअध्यक्ष बहादुर सदा..जसपा नेता सुरेन्द्र यादव ,भुपु गाबिस अध्यक्ष भोलि साह ,.नेकपा अशोक कुमार यादव ,सत्येन्द यादव ,बिन्देश्वर साह ,राम कुमार राय, बिरेन्द राम ,पत्रकारहरु शुभ नारायण यादव , नवीन यादव ,रामअधिन साह लगायतका दर्जनौं भन्दा बढि ब्यक्तिहरुलाइ सम्मान समेत गरेका छन ।