शुभ नारायण यादव सप्तरी ,३० कार्तिक ।
तिहार र छठ पर्वका लागि भारतबाट नेपालतर्फ भित्र्याउन लागेकाे अवैध बिष्फाेटक पदार्थ सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ । सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न. १ खाडाे खाेला नजिक बाट झन्डै ४४ हजार मुल्य वरावरकाे अवैध बिष्फाेटक पदार्थ सशस्त्र प्रहरीले बरामद गरि आज पत्रकार सम्मेलनमार्फत नष्ट गरेको हाे । चेकजाचकाे क्रममा सशस्त्र प्रहरीले रकेट ,नागिन ,बम ,मुर्गा छाप ,सुपरिम कमण्डाे बम लगायतका सामग्रीहरु बरामद गरि नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बाेडृर आउट पाेष्ट तिलाठि सप्तरीका सशस्त्र प्रहरी निरिक्षक सुशील केसिले जानकारि दिनुभयाे । केसिका अनुसार बिष्फाेटक पदार्थ लुकिछुपि लगिरहेको अवस्थामा सशस्त्र प्रहरीलाइ हेरेपछि ब्यापारी फरार भएको जनाईएको छ । तिलाठि काेइलाडि गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजु झा ,प्रहरी चौकि तिलाठिका सय ओमेन्द्र राय यादव, युवा पत्रकार शुभ नारायण यादव ,महिला वडा सदस्य पुष्पा देवि राय लगायतकाे उपस्थितिमा साे बिष्फाेटक पदार्थ नष्ट गरिएको छ ।