शुभ नारायण यादव,
राजविराज, १८ साउन ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१ चनोरा स्थित राम टोलमा पोखरिमा डुबेर आज दिउसो एक बालकको मृत्युु भएको छ । मृतक सप्तरीको राजगढ गाउँ पालिका ३ बस्ने घुरन रामको ७ बर्षिय छोरा उमेश कुमार रामको रहेको पुष्टि भएको हो । मृतक रामले राजविराज–१ चनौरा स्थित आफ्नो मामा घर पाहुना गएको बेलामा दिउँसो पोखरीमा नुहाउने बेलामा एक्कासी गहिरो पानीमा जानाले डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । डिएसपी काफ्लेका अनुसार मृतक बालकको शव पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको तथा घटनाको थप आवश्यक अनुुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।