शुभ नारायण यादव,
राजविराज, १८ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको मुर्तिको चोरी भएको मुकुट सोमवार विहान फेला परेको छ ।
ऐतिहासिक छिन्नमस्ता भगवतीको मुकुट आइतबार राती साढे ७ बजेतिर मन्दिरबाटेै भगवतीको मुकुट चोरी भएको थियो । चोरी भएको १२ घण्टा पछि आज बिहान छिमेकी बिष्णुपुर गाउपालिका वडा न.५ मझाउ टोलका लक्ष्मण मण्डलका २६ बर्षिय छोरा राजेश कुमार मण्डल मुकुट सहित फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो । भगवतीको महिमा अपरम्पार रहेको छ । आफुले चोरी गरेर ल्याएको स्विकार्दे चोर मण्डलले बिहान बिष्णुपुर गाउपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएपछि सो मुकुट फेला परेको हो । यता बरामद गरिएको भगवतीको मुकुट तथा चोर मण्डललाई हाल आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि भगवतीको मुकुट चोरी भए पछि मन्दिरका पुजारी सहित सात जनालाइ नियन्त्रणमा लिइ अनुसन्धानको लागि राखिएको थियो भने छिन्नमस्ताको विभिन्न सिमावर्ती नाकाहरुमा कडाइ गर्नुका साथै सिलबन्दि गरिएको थियो ।