शुभ नारायण यादव,
राजविराज, १६ साउन ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाका सम्भावित अध्यक्ष पदका उम्मेदवार एवं जसपाका युवा नेता राजेश कुमार राय राहुलले भयमुक्त र भ्रष्टाचारमुक्त गुणस्तरीय शिक्षाका साथै गाउँपालिका बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।
शनिवार संचारकर्मीहरुसँगको कुराकानी गर्दै युवा नेता रायले स्थानीय सरकार आएको चार बर्ष बित्तिसक्दा पनि आम जनसमुदायहरुले स्थानीय सरकारको महशुस गर्न नसकेको आरोप लगाउँदै उहाँले स्थानीय सरकारप्रति आम जनसमुदाय चिन्तित रहेको जनताको माईन्डेड अनुुसार आफु काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन ।
नेता रायले युवा पुस्तालाई अगाडी बढाउनका लागि युवा नेतृत्वको खाँचो रहेको बताउँदै उहाँले भविष्यका कर्णाधार मानिने युवाहरुका लागि प्रदेश तथा संघिय सरकार लागिपरे पनि स्थानीय सरकार मौन बसेको आरोप लगाउँदै बिष्णुपुर पालिकाले अहिलेसम्म पनि युवा पुस्ताको लागि केही नगरेको आरोप लगाउँदै उहाँले युवाहरु शिक्षासँगै सचेत र जागरुक हुनुपर्नेमा जोड दिुनभयो ।
रायले शिक्षा नितिमा जोड दिदै उहाँले एक वडा एक प्राविधिक विद्यालय स्थापना हुनुपर्ने , दलित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षासँगै प्राविधिक शिक्षासँगै ओभरसियर ,ईन्जिनियरिङ्गको कक्षा संचालनमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले बिकास तथा परिवर्तनको पक्षमा जनता रहेको स्पष्ट पार्दै उहाँले युवाको रोजगारी ,गुणस्तरीय प्राविधिक शिक्षा ,एक गाउँपालिका एक प्राविधिक शिक्षा , युवा स्वरोजगारीका लागि बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने विश्वास समेत ब्यक्त गरेका छन ।
रायले विगत चार वर्षमा कागजमै विकास निर्माणको कार्य गरी करोडौंको भ्रष्टाचारी गरिएको दाबी गर्दै नेता रायले शिक्षा ,स्वास्थ्य ,कृषि लगायतका ब्यापक मात्रामा भ्रष्टाचार भएको दाबी समेत गर्नुभयो ।
नेपालको वर्तमान राजनितिक विष्यामा युवा नेता रायले आफु सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंचको स्थापना कालदेखि नै क्याम्पस ईकाई कमिटिबाट राजनितिक शुरुवात गरेका युवा नेता राय विगतमा १७ दिनसम्म जेल जिवन बिताउनुका साथै मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनमा अहम भुमिका निर्वाह गर्नुभएको थियो । युवा नेता रायले आफु जनता समाजवादी पार्टीको पुरानो युवा कार्यकर्ता रहेकाले दलित ,उत्पिडित ,पिछडा वर्गको माँग सम्बोधन गर्ने पार्टी नै सजपा रहेको उहाँले दावी गर्नुभयो ।
एक अर्को प्रसङ्गणमा युवा नेता रायले गुणस्तरीय शिक्षाका लागि जनचेतनासगै सचेतना ल्याउनुपर्नेमा जोड दिदै उहाँले अझै पनि यहाँका दलित समुदायका बालबालिकाहरु शिक्षाको पहुचबाट टाढा रहेको स्विकार्दै उहाँले घर नजिकै सामुदायिक विद्यालय हुँदा हुँदै पनि त्यहाँका दलित समुदायका बालबालिकाहरु ईटा भाटा तथा अरुको खेतमा मजदुरी गर्नुका साथै गाई भैसी ,गोरु चराउनमै सिमित रहेकाले आफु युवाहरुकै पहलमा यहाँका दलित समुदायका बालबालिकाहरुलाई किताब ,कापी लगायतका शैक्षिक सामग्रीहरु वितरण समेत गरेको बताउनुभयो ।