
सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.७ स्थित बिष्णुपुर नहर चौकमा आगलागि हुदा तीन पसल जलेर झण्डै १५ लाखकाे क्षति भएको छ । गएराति विघुतकाे तार सर्ट भएर अचानक भएको आगलागिमा सुशील साहकाे नास्ता पसलका साथे छिमेकि ननु साह र रसिया साहकाे साइकल पसल समेत जलेर साे मुल्य वरावरकाे क्षति भएको प्रहरी चौकि बिष्णुपुरका असय अमित तिवारिले जानकारि दिनुभयाे । आगलागिबाट नास्ता पसलमा रहेकाे २ हजार नगद सहित पसलमा रहेका सम्पुर्ण सर समान जल्नुका साथै छिमेकि साइकल पसलका समेत सम्पुर्ण सर समान जलेर १५ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । साे आगलागि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट आएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा आएकाे प्रहरीले जनाएको छ । यता साे आगलागिबाट मानविय तथा चौपायाकाे कुने क्षति नभए पनि नास्ता पसलमा रहेकाे ग्यास सिलिन्डर बिष्फाेट हुदा स्थानियबासिहरु त्रसित बनेकाे थियाे ।
