शुभ नारायण यादव सप्तरी ,११ साउन । सप्तरीमा काेशि नदिमा डुबेर एक भारतिय बालककाे आज दिउसाे मृत्युु भएको छ । सप्तरीकाे हनुमाननगर कंकालिनि नगरपालिका वडा न. १४ डलबा टाेलमा कोशी नदीमा दाउरा छान्ने क्रममा डुबेर साे बालककाे मृत्यु भएको हाे । मृत्युु हुनेमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पंचायत वडा नं.७ बस्ने सिताराम मुखियाको छोरा वर्ष ८ को विकाष कुमार मुखिया रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालक मुखिया आफ्नो आमासंग हनुमाननगर कंकालिनि नगरपालिका वडा न. १४ डलबा (आमा पक्षको) हजुरबुवा गणेश मुखियाको घरमा आएकोमा बेला कोशी नदीमा दाउरा छान्ने क्रममा डुबी मृत्यु भएको स्थानीयबासिलाइ उदृत गर्दै सप्तरी प्रहरीले जनाएको छ । स्थानिय मानिसहरुले जानकारी गराए अनुसार उक्त घट्नास्थलमा प्रहरी अनुसन्धान टोली खटी गई मृतक लासको कानुन बमोजिम लास जाँच मुचुल्का समेतको कार्य गरी थप अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।