शुभ नारायण यादव,
राजविराज, ०९ साउन ।
सप्तरीमा वैवाहिक अंगीकृत नागरिकता पछिल्लो तीन महिनामा दुई सय जनाले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार गत वैशाख, जेष्ठ र असार मसान्तमा गरी दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । सोही आर्थिक वर्ष (२०७७÷०७८) मा भने ४५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिप्रकाको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, सोही आर्थिक वर्षमा १० हजार १७६ जनाले वंशज र ५ हजार ९३८ जनाले प्रतिलिपी नागरिकता लिएका छन् भने १४९ जनाले नाबालक परिचय पत्र लिएका छन् ।
यसैगरी पछिल्लो तीन महिनामा ४४५ गरी सो आर्थिक वर्षमा २ हजार ६ सय जनाले राहदानी बनाएका छन् ।जसमा ३ हजार ३९१ जनाले राहदानी साधारण सिफारिस र १ हजार ६२९ जनाले द्रुत सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।