शुभ नारायण यादव सप्तरी ,८ साउन । प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषिमा आधुनिकिकरण हुनुका साथै तीन वटेै तहमा कृषिलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिनुभएको छ । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश न.२ जनकपुरकाे आयाेजनामा आज सप्तरीको राजविराजमा किसानहरुलाइ कृषि सामग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्नुहुदेै उहांले साे कुरा बताउनुभएको हाे । प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदेै मन्त्री साहले सप्तरी जिल्ला अझै पनि कृषिमा पछाडि परेकाेले कृषिलाई आधुनिकिकरण गर्नका लागि तथा उत्पादन र उत्पादकत्व बढाउनका लागि बजारकाे व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे । उहाले स्थानीय सरकारकाे प्राथमिकतामा कृषिलाई राख्नुपर्नेमा जाेड दिनुहुदेै सप्तरीमा स्थानीय तहले कृषिमा लगानि गर्न तयार नरहेको मन्त्री साहकाे आराेप रहेकाे छ । प्रदेश सरकार कृषि मन्त्रालय अन्तर्गत आज सप्तरीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले १६० किसान, ब्यवसायीहरुलाई मेसनरी औजार तथा यन्त्र उपकरणहरु उपलब्ध गराएका छन्।
यहाका किसानहरुलाइ इलेक्ट्रिक च्यापकटर ११६ थान ,एरिएटर ६ थान ,डिप फ्रिज १० थान ,मिनी टिलर १ थान ,पानी तान्ने मोटर ५ थान ,सर्मसियल पम्प ३ थान, चिलिङ्ग भ्याट १० थान लगायतका सामग्रीहरु वितरण गरेकाे मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका जागेश्वर यादवकाे अध्यक्षतामा आयाेजित साे कार्यक्रममा सजपाका शम्भु झा ,सत्य नारायण यादव ,नेपाल पत्रकार महासङघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतकाहरुले आ आफ्नाे धारणाा राख्नुभएको थियाे ।