शुभ नारायण यादव सप्तरी ,२८ कार्तिक ।
दिपावलि र छठ पर्वका लागि भारतबाट नेपालतर्फ भित्र्याउन लागेकाे झण्डै चार लाख मूल्य वरावरकाे अवैध बिष्फाेटक पदार्थ सप्तरी प्रहरीद्वारा बरामद गरि नष्ट गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलनकाे आयाेजना गरि साे बिष्फाेटक पदार्थ नष्ट गरेको हाे । भारतबाट अवैध रुपमा चाेरि छिपि सप्तरीको विभिन्न सिमावर्ति नाका भएर ल्याउदै गरेकाे काेबरा बम १०० प्याकेट ,हाइड्रोटाेल्ड पटाका ५ प्याकेट ,रकेट १३ प्याकेट र १०० पिस ,स्पिट फाेल्ड फाइन्ड १० वटा ,बम १६ प्याकेट र ५३५ पिस ,बिजुलि प्रसर ३ प्याकेट ,सुपर हनुमान ६ प्याकेट ,टिकिया खेलाेनामा लाग्ने गाेलि ५ प्याकेट लगायतका समानहरु बरामद गरि नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे । डिएसपि साहका अनुसार यसैगरी नागिन ४७ बण्डल र ८१० प्याकेट ,चक्र बम ३५ प्याकेट २१० पिस ,मिनि बुलेट बम ३८ प्याकेट ,फुलझरि २० प्याकेट ५० पिस ,चिरचिरि ,६ बण्डल ५६१ प्याकेट ,सतरंगी १ बण्डल लगायतका बिष्फाेटक पदार्थहरु बरामद गरिएको तथा पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको छ । प्रहरीले सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाकाे विभिन्न सिमावर्ति नाकाबाट साे बिष्फाेटक पदार्थ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्रप्रसाद धमलाले आयाेजित पत्रकार सम्मेलनमा जानकारि दिनुभयाे ।उहाले चाडपर्वमा घरमै बसेर शान्तिपूर्ण तरिकाबाट चाडपर्व मनाउन सम्पुर्ण जिल्लाबासिहरुमा अनुराेध समेत गर्नुभएको छ ।