शुभ नारायण यादव सप्तरी ,२ साउन । पछिल्लोपटक सप्तरीमा अवेैध लागू ओैषध ओसार पसार गर्नेहरुकाे सङ्ख्यामा बृद्धि भएको छ । यसेै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.६ कडरबाेना चाेैकबाट अवेैध लागू अाेैषध सहित एक युवक पक्राउ परेका हुन । पक्राउ पर्नेमा सप्तरीको अग्निसाइवर कृष्णाशवरण गाउपालिका वडा न.५ निवासि १९ बर्षिय माे. सदर रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवता माधव प्रसाद काफलेले जानकारी दिनुभयाे । डिएसपि काफलेका अनुसार पश्चिमबाट पुर्व तर्फ जादै गरेकाे ना.१ ज ७७१२ नम्बरको विङ्गरमा जादै गरेकाे अवस्थामा माे. सदरलाइ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय कडरबाेनाबाट खटिएको टाेलिले चेकजाचकाे क्रममा उनको निलाे झाेलामा रहेकाे Nitravet 10 टयावलेट ३०० पिस , phenegran 38 एम्पुल ,Noophin 38 एम्पुल र Daizelab 38 एम्पुल गरि ११४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यता पक्राउ परेका सदरलाइ लागू अाेैषध मुदामा थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।