शुभ नारायण यादव,
राजविराज, २७ असार ।
सदा परिवारलाई जिविको पार्जनका लागी छनौट भएका किशोरीहरुका लागि आयआर्जन गर्नका निम्ती विभिन्न सामग्रीहरु वितरण गरेको छ । किशोरीहरुलाई आफनो इच्छा अनुसार मागँ गरेका व्यवसाय सामग्रीहरु हाल उक्त सिकाई केन्द्रहरुमा उक्त किशोरीहरुलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो । जस अन्तर्गत मोःमो चाउमिन, किराना पसल, मनिहारा, अण्डा व्यवसाय, समोसा पकोडा, लोकल भुजा, हाँस पालन, खुकुरा पालन,कपडा खेलौना र तरकारी किनबेच जस्ता व्यवसाय अन्तर्गत व्यवसाय संचालन गर्न विभिन्न किसिमका सामग्रीहरु सहयोगी हाथहरुको समुह (सहास नेपाल) द्धारा सप्तरी जिल्लामा वितरण गरीएको छ । राज्यकै अति नै सिमान्तकृत वर्गमा पर्ने मुसहर समुदायका १० देखि १८ बर्ष उमेर सम्मका किशोरीहरुका लागि शिक्षामा पहुँच अभिवृद्धि ,जिवन उपयोगि सिप तथा आत्मनिर्भर बन्नका निम्ती जिविकोपार्जनका लागि आयमुलक व्यवसाय संचालन गर्ने उदेश्यले यु के एड को आर्थिक सहयोग, स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग तथा असमान नेपाल, जवास नेपाल र सहास नेपालको संयुक्त साझेदारीमा संचालित marginalize no more (MnM) परियोजना विगत २ बर्ष देखि संचालनमा आएको हो । जस अन्र्तगत पहिलो कोर्हटमा सप्तरी जिल्लाका ११ वटा पालिकाको जम्मा ३९ वटा सिकाई केन्द्रका जम्मा ८०४ किशोरीहरु मध्ये १४ देखि १८ बर्ष उमेर समुहका ५३१ जना किशोरीहरु जिविको पार्जन कार्यक्रमका लागि छनोट भएका छन भने बाँकि १० देखि १४ बर्ष उमेर समुहका २७३ किशोरीहरु शिक्षा आर्जनका लागि विद्यालय भर्ना भएका छन ।