शुभ नारायण यादव,
राजविराज, २६ असार ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरी द्वारा शनिवार अग्नि पिडित परिवारलाई राहत वितरण गरेको छ ।
भिषण आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेकी सप्तरीको महदेवा गाउपालिका वडा न.–२ अकबरपुर गाउको अंग्निपीडित एकल महिला दुखनी देवीलाई क्लवले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । क्लवले राहत स्वरुप त्रिपाल, झुल, तन्ना, लुगाफाटा र भाडाकुडा लगायतका राहत सामग्रीहरु वितरण गरेको क्लवका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारि दिनुभयो ।
गत असार १७ गते आगलागि हुदा अनुमानित ८ लाखभन्दा बढीको क्षति भएको थियो । यसेबिच सो राहत वितरणमा साबिक महदेवा गाविसका अध्यक्ष दाना लाल यादव, पुर्व गाबिस अध्यक्ष असर्फी यादव, समाजसेवि एव बयोबृद सीताराम यादव लगायतका स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।