शुभ नारायण यादव,
राजविराज, २४ असार ।
रुपनी गाउँपालिका २ स्थित पोैवा पिपराहिमा करेन्ट लागेर बिहिवार एक जनाको मृत्यु भएको छ । घर नजिकैको मोटरमा नुहाउन गएको बेला स्थानीय ५५ बर्षिय बोवेन साह हलुवाइको अचानक करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकैको मोटरमा नुहाउनको लागि पानी तान्ने क्रममा तार नाङगा भएको अवस्थामा अचानक करेन्ट लागेर उनको मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । यता मृतकको शव पोष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।