शुभ नारायण यादव सप्तरी ,२७ कार्तिक । आगलागिका कारण बिचल्लीमा परेका एक अग्निपिडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लवले राहत वितरण गरेकाे छ । घरमा आगलागि भई बिच्चलीमा रहेको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं.-३ मटगडहाको अग्नीपीडित मखेली यादवलाई राहतस्वरुप त्रिपाल,साडि,धोती,तन्ना,झुल,थाल,गलास,कराहि,डेकची,ढोलनी लगायतका राहत सामाग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । गत कार्तिक २४ गते आगलागि हुदा ३ लाखभन्दा बढीको क्षति भएको थियो । आगलागिबाट घरमा रहेका सम्पूर्ण सर समान जलेपछि पिडित परिवार कष्टकर जिवनयापन गर्दै आइरहेकाे बेला क्लवले राहत स्वरुप विभिन्न सामग्रीहरु पर्दान गरेपछि पिडित परिवार खुशि ब्यक्त गरेका छन ।