शुभ नारायण यादव,
राजविराज, २४ असार ।
बैदेशिक रोजगारमा मलेशिया गएका एक नेपाली यूवकको मृत्यू भएको छ ।
सप्तरीको राजविराज नपा १५ मा घर भएको ४० बर्षिय मदन कुमार शर्माको मलेसिया स्थित एक कम्पनीमा काम गर्ने क्रममा मृत्यू भएको हो ।
बैदेशिक रोजगारको सन्दर्भमा विगत १५ बर्षदेखि मलेसिया स्थित भिसिआई कम्पनीमा कार्यरत रहेको शर्माको विगत चार दिन अघि अचानक ज्वरो आएको अवस्थामा मलेसिया स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताएका छन । विगत एक सातादेखि उनलाई ज्वरो आएको तथा अस्पतालमा उपचारको लागि ढिलो गरी लगेको अवस्थामा मृत्युु भएको मृतकका परिवारजनले बताएका छन । कम्पनीकोे लापरबाहीले गर्दा उनको मृत्यु भएको मृतकका आफन्तजनहरुको दाबी रहेको छ । यता मृतक युवकको शवलाइ नेपाल ल्याइ दिनको लागि मलेसिया सरकार ,नेपाल सरकार तथा सम्बन्धित निकायसंग मृतकका परिवारजनले अनुरोध गरेका छन । मृतक युवकको २ छोरा र १ छोरी रहेका छन ।