शुभ नारायण यादव,
राजविराज, २१ असार ।
सप्तरी जिल्लाको जिता नदिमा बाँध भत्किदा राजविराज नगरपालिका वडा न.१० कदमाहा टोलका झण्डै २०० घर परिवार डुबानमा परेका छन । सप्तरीको महुली स्थित जिता धारबाट अचानक बाढि आउँदा कदमाहा टोलकम झण्डै २०० घर डुबानमा परेको वडाअध्यक्ष सुशिल दासले जानकारी दिनुभयो । वडाअध्यक्ष दासका अनुसार सोमवार बिहान देखि अचानक पानिको सतह बढेपछि सो बस्ति पुरे डुबानमा परेको जानकारी दिनुभयो । घर घरमा झण्डै ४÷५ फिट सम्म पानी जमेको तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्षले जानकारी दिनुभयो । लगातारको बर्षाका कारणले जिता धार भत्किएपछि सो बाढी गाउमा प्रवेश गरेको तथा स्थानीयबासिहरु अहिले त्रसित बनेको स्थानीयहरुले बताएका छन ।
यस्तै लगातारको बर्षाका कारणले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा न.१, ११ ,१२ ,१३ र १४ का झण्डै ५ सय घर समेत डुबानमा परेका छन । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१३ गोबरगाढा स्थित कोशि टप्पुका झण्डै ३ सय परिवार डुबानमा परेको वडाअध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो । सो कोशी टापुमा बर्सेनी कोशीको बाढी आएपनि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेत मोन रहेको आरोप स्थानीयबासिहरुको रहेको छ । यसैगरी लगातारको बर्षाका कारण हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ को रम्पूरा मल्हनिया र डलवा टोलका झण्डै २ सय घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ । यता सप्तरमा बर्सेनि विभिन्न खोला तथा नदिबाट बाढि आएपनि यसलाइ नियन्त्रण गर्नका लागि हाल सम्म सम्बन्धित निकायले कुने चासो नदेखाएको आरोप स्थानीयहरुको रहेको छ ।
यस्तै खाडो खोलाका कारणले राजविराज नगरपालिका वडा न.१५ का केही घर डुबानमा परेको स्थानीयहरुले बताएका छन । यसै बिच सो भत्किएको जिता धार निर्माणका लागि खटिसकेको तथा बाढी पिडितहरुको उदार तथा राहतका लागि समेत आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिनुभयो ।