शुभ नारायण यादव,
राजविराज, २१ असार ।
कोरोना भाइरसको संक्रमण दर सप्तरीको सप्तकोशी नगरपालिकामा पुनः बढेको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादव अनुसार दुई दिनअघि मात्रै २७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।
पुनःसंक्रमण दर बढेसँगै नियन्त्रण गर्न सो नगरपालिकामा स्थानीय तहसँग समन्वय गरी अघि बढेको उहाँले बताउनु भयो । नगर प्रमुख उत्तम कुमार गौतमले अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३५ जना पुगिसकेको बताउनु भयो । ‘संक्रमण नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण कार्य अघि बढाएको छ ।’
यी सबै कुरालाई मध्य नजर गर्दै सोमवार बैठक बसेर संक्रमण देखिएका वडालाई सिल गर्ने र गाउँपालिकामा लकडाउन गर्ने तयारी तयारी थालेको उहााले बताउनु भयो । ‘अहिले सबैभन्दा बढी संक्रमण वडा नम्बर १ मा पर्ने फत्तेपुर, रक्तमाला र सिबालय टोलमा देखिएको छ, संक्रमण नियन्त्रण गर्न सो वडालाई सिल गरेर परीक्षणको दायरा बढाउने े तयारी छ’ उहाँले नगरवासीलाई पनि संक्रमण जोगाउन नगर क्षेत्रभर नै केही साताका लागि लकडाउन गर्न बैठक बस्न लागेको बताउनु भयो ।’
नगर प्रमुख गौतमका अनुसार नगरमा उपप्रमुखसहित हालसम्म संक्रमणबाट ११ जनाको निधन भइसकेको छ ।