शुभनारायण यादव,
राजविराज १९ असार ।
एक संस्था बिगत एक महिनादेखि कोरोना संक्रमणको सामना गर्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले जडिबुटी मिश्रित काढा बितरण गर्दै आएको छ ।
जिल्लाका विभिन्न ११ स्थानमा विश्व हिन्दु परिषद नेपाल सप्तरीले सर्वसधारणका लागि यो सेवा निशुल्क प्रदान गर्दै आएको हो ।
कोरोना संक्रमणलाई सामना गर्न मुलेठी, तुलसी, अस्वगन्धा, गिलोय, ईलैची लगायतका आयुर्वेदिक जडिबुटी मिश्रित काढा तयार गरिएको र यो सेवन गर्दा कोरोनाको सामना गर्न शक्ति मिलने काढा बितरण कार्यक्रमका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग बिभाग, सगरमाथा सभागका सहसंयोजक जंगबहादुर सिँहको भनाई छ ।
यो अभियान जेष्ठ २० गतेदेखि जिल्लाको सदरमुकाम राजबिराजका साथै प्रमुख बजार हनुमाननगर, कंचनपुर, भारदह, कल्याणपुर, बोदेबरसाईन, मैनाकडेरी, छिन्नमस्ता लगायतका ११ स्थानमा संचालनमा रहेको सिँहको भनाई छ ।
उहाँका अनुसार काढा सेवनका लागी राजबिराजको गजेन्द्र चौकमा दैनिक ३ सय ५० देखि ४ सय जना सम्म सर्वसधारण आउने गरेका छन । काढा सेवनवाट आफु हरूलाई निकै फाईदा पुगेको स्थानियले बताएका छन ।
संस्थाले सुरूवात गरेको यो अभियानका लागि स्वयंमसेवी प्रयाग यादब, कार्तिक चौधरी, सुरेश रूगंटा, गोपाल गुप्ता, दिलिप यादब लगायत ७१ जना खटिएका छन भने स्थानिय समाजसेवीहरूका तर्फ वाट पनि निकै सहयोग मिल्न थालेको सहसंयोजक सिँहले बताएका छन ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यो अभियानलाई अहिले जारी नै राख्ने परिषदले जनाएको छ ।
यता जिल्लामा निषेधज्ञा खुकुलो भए सँगै कोरोनाको जोखिम उच्च बनेको छ । बिहिवार १४ जनाको पिसिआर परिक्षण गर्दा ११ जना तथा शुक्रवार ३७ जनाको परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
काढा बितरणका लागि स्वतफुर्त रूपमा स्ययमसेवीहरू खटने गरेको बताउदै सिँहले ग्यास चुलो र काढा पिउन प्रयोग गरिने ग्लासको ब्यबस्थापन स्थानिय समाजसेवीहरूले सहयोग पु¥याउदै आएको जानकारी दिनु भयो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लापरवाही नगर्न तथा सरकारले तोकेको स्वास्थ सुरक्षा मापदणड कडाईका साथ पालना गर्न जिल्ला स्वास्थ कार्यलयले सबै सँग अपिल गरेको छ ।