शुभ नारायण यादव,
राजविराज, १८ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकालाई कोभिड–१९ संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८ सप्तरीको समन्वयमा चुुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा सो स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
सो सामग्रीहरु शुक्रवार आयोजना गरिएको एक समारोहका बीच नगर प्रमुख वसन्तकुमार मिश्रलाई हस्तान्तरण गरिएको छ । दश लिटरको अक्सीजन कन्सनट्रेटर (अक्सिजन दिने मेसिन) २ थान, पिपिई सेट एक हजार थान, एन–९५ माक्स ५ हजार थान, माक्स १० हजार थान, ग्लोबस १० हजार थान, ५ लिटरको सेनिटाईजर ४० जार, पल्स अक्सिमिटर एक सय थानसहितका सामग्रीहरु नगर प्रमुख मिश्रलाई हस्तान्तरण ग।रिएको मञ्चका कार्यकारी निर्देशन भोला पासवानले जानकारी दिनु भयो ।
पासवानका अनुसार यो महिनाभित्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भेन्टिलेटर, भिडिया एक्स–रे र डिजिटल एक्स–रे १÷१ हस्तान्तरण गर्ने कार्यक्रम छ । सामग्री बुझ्दै नगर प्रमुख मिश्रले अहिलेसम्मकै सबै धेरै परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्था र समन्वयन गर्ने मञ्चलाई विशेष धन्यवाद दिनु भयो ।
दाताबाट प्राप्त स्वास्थ्य सामग्रीलाई पारदर्शी तरिकाले कोरोना नियन्त्रण कार्यमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा नगरकी उप–प्रमुख निरु पोखरेल, प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका, प्रशासन फाँटका संयोजक राजेश यादव, स्वाथ्य शाखाका संयोजक रामसेवक यादव, दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया, जिल्ला संयोजक राजकुुमार पासवान, सञ्चारकर्मी राजकुुमार साह, डम्बर राई, उत्तम आर्चाय लगायतको सहभागिता थियो ।