शुभ नारायण यादव,
राजविराज, ११ असार ।
सप्तरीको महादेवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ को का लागि ३३ करोडको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रवार पाँचौं गाउँसभाबाट कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्याउने उद्देश्यले ३३ करोड ३१ लाख ८ हजार ८ सय ०४ रुपैयाँ ७० पैसाको बजेट प्रस्तुत गरिएको हो ।
कुल बजेटको चालुतर्फ २३ करोड ९२ लाख ८ हजार ८ सय ४ रुपैयाँ ७० पैसा र पूँजिगततर्फ ९ करोड ३९ लाख रुपैयाँ रहेको छ । महादेवा गाउँपालिकाको कुल आन्तरिक आम्दानी १० लाख रुपैयाँ प्रक्षेपण गरिएको गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले बताउनु भयो ।
कुल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानीकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १२ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६१ लाख १३ हजार रुपैयाँ, पूँजीगततर्फ समपुरक अनुदान १ करोड ३९ लाख रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ७५लाख १४ हजार, राजस्व बाँडफाँडबाट २७ लाख ८१ हजार ८ सय ३ रुपैयाँ ७० पैसा, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुने गाउँपालिकाका अध्यक्ष यादवले बताउनु भयो ।
गाउँपालिकाको छ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत ७० लाख तोकिएको छ । आ. ब. २०७८÷०७९ मा कोराना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वस्थ जनशक्ति विकासमा जोड दिने, कृषि क्षेत्रको विकासको लागि कृषि तथा पशुपालन क्षेत्रलाई समय सुहाउँदो प्रविधियुक्त, ब्यवसायिक तथा सामुहिक खेती, ब्यवसायिक पशुपालन, सिंचाई सुविधाको विकास गरी कृषिलाई ब्यवसायिकरण गर्ने, गुणस्तरीय र जीवनपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने तथा विपद् प्रभावित गाउँपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रमहरु सञ्चालन गर्ने भनी प्राथमिकताको क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउनु भयो ।
खेतीको लागि कृषकलाई स्प्ेयर र मकै बालीलाई केन्द्ीत गरी निःशुल्करुपमा मकै बिउ र उपकरण वितरण गर्ने , विद्युतीकरणको लागी तार,पोल,ट्रान्फरमर जडान गाउँपालिकाबाट गरीने प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनु भयो ।
कोभिड १९ को नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाइन तथा आइसोलेशनलाई सुविधा सम्पन्न बनाउन आवश्यक वजेट व्यवस्थापन गरिने भएको छ ।
यसैगरी कोभिडको कारण ज्यान गुमाएका विपन्न परिवारलाई दाहसंसकार खर्च बापत २५ हजार नगद दिइने, कोभिड १९ संक्रमित ब्बयक्तीलाइ असपताल सम्म जान आउन निःशुल्क एम्बुलेन्सको ब्यबस्था,आबशयक औषधीको साथै घरदैलो परामृश सेवा ,सवाथ्यकर्मीलाइ आबश्यक तालिम प्दान गराउने प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनु भयो ।
कर्मचारीहरुको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोष स्थापना गरिने र सो को कार्यान्वयनको लागि आवश्यक कार्यविधि बनाईने नीति लिइएको छ । पाँचौं गाउँसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उमेश यादव, जुगेश्वर साह,रमेश मण्डल, अनिरुध यादव,जयश्वर किशोर दास,सचेन्द्र सरदार,कमल प्रसेला,आकृति राम,बुचीदेवी सरदार,सहितकाले मन्तब्य ब्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले स्वागत गर्नुभएको थियो ।