शुभ नारायण यादव,
राजविराज, ०९ असार ।
सप्तरीको साविक अर्नाहा गा.वि.स.वडा नं ९ हालको शम्भुनाथ न.पा.वडा नं १२ का एक जनालाई बैंकिङ कसुर मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन ।
यसरी पक्राउ पर्नेमा शम्भुनाथ न.पा.वडा नं १२ का मो.युसुफ रहेका हुन । उहाँलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य ईजलास जनकपुरको गत चैत्र १९ गतेको फैसला अनुसार दिन १० (दश) कैद र सात लाख रुपैंया जरिवाना हुने गरी फैसला ठहर भई फरार रहेका प्रतिवादी मो.युसुफलाई फैसला कार्यान्वयनको क्रममा असार ९ गते जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोली समेतले संयुक्त रुपमा खटी खोजतलासको क्रममा मो.युसुफलाई आफनै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीका लागी सम्मानित अदालतमा बुझाईएको छ । सम्मानित अदालतले ठहर भएको कैद÷जरिवाना भुक्तानको लागी कारागार कार्यालय राजबिराज सप्तरी पठाईएको जिल्ला प्रहरि कार्यालय सप्तरीले जनाएको छ ।