शुभ नारायण यादव,
राजविराज, ०९ असार ।
आँपको बिषयमा झै झगडा हुदा सप्तरीको महदेवा गाउपालिका वडा न.४ डाढामा श्रीमान श्रीमती सख्त घाइते भएको छ । स्थानीय बिनोद खङ्ग ,भोगि लाल कामेत तथा सुरजा भनिने सुरज कामेतले आपको बिषयलाई लिएर सोहि ठाउका ३५ बर्षिय महेन्द्र खङ्ग र उनकि ३० बर्षिया श्रीमती रन्जु देवि खङ्ग गम्भीर घाइते भएका हुन । तीन दिन अगाडि स्थानीय सन्जय तिवारिको बगेचाबाट आप टिपि घर तर्फ आउदे गरेको अवस्थामा आफ्नो बगेचाको आप लिएर गएको भन्दै उनिहरुले बिना कारण पुरानो राजनितिक रिसिभिका कारणले आफुलाइ घरायसि हातहतियार सहित लाठि फाटा समेत आफ्नो घरमा आएर आफुमाथि निर्मम तरिकाले मरनासन्न हुने गरि कुटपिट गरिएको पिडितले बताएका छन । कुटपिटबाट गम्भीर घाइते दुवै जनाको हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट श्रीमान श्रीमती दुवै जनाको टाउकोमा गम्भीर चोट लोगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता उनिहरुले कुटपिट गर्नुकासाथे आफ्नो नोकियाको मोबाइल १ थान ,हातको ब्रासलेट चादिको ५ तोला ,गर्दनको ५ तोलाको चादिको सिकडि तथा श्रीमतीको सुन ४ आनाको मङगल सुत्र समेत खोसिएको पिडितहरुले बताएका छन । यसेबिच पिडितहरुले आफु दलित भएको भन्दै बिना कारण स्थानीय राजनितिक रिसिभिका कारणले आफुलाइ कुटपिट गरेको भन्दै न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरि समेत दिएका छन । यता आफु दलित भएको भन्दै पटक पटक उनिहरुले हेप्दे आएको भन्दै आफुहरुमाथि कुटपिट गर्नेमाथि आवश्यक कानुनी कार्बाहि गर्नुका साथे दोषिमाथि कडा कानुनी कार्बाहि र उचित क्षतिपूर्ति पाउनुपर्ने माग पिडितहरुले स्थानीय प्रहरी प्रशासन तथा नेपाल सरकारसग माग गरेका छन ।