शुभ नारायण यादव,
राजविराज, ०७ असार ।
महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई वैदेशिक रोजगारमा हुँदा मृगौलामा समस्या देखिएका उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उहाँको मृगौलामा समस्या देखिएको थियो । कमाएको सबै पैसा उपचारमै सकिएपछि उहाँले साथीहरु सापटी लिएर घर आएको हुन । तर, घरको अवस्था पनि कमजोर नै रहेका कारण उहाालाई उपचार गराउन समस्या परेको आजादकी पत्नी रुसतम खातुनले दुखेसो गरिन ।
‘घरमा भएको केही पैसा पनि अहिलेसम्मको उपचारमै सकिएको छ, तर पनि उहाँलाई निको भएको छैन, अहिले साताको दुई पटक डायलासिस हुँदै आएको छ’ ‘उहाँको मृगौला नै फेर्नपर्छ भनि चिकित्सकहरुले सल्लाह दिँदै आएका छन् तर आफुहरुसँग पैसा छैन, के गरी उपचार गराउने तनावले निन्द्रा लाग्न छोडेकाछन ।’
विरामीको रेखदेखमै समय वित्ने गरेकोले कत्तै सहयोग माग्न जानसक्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । ‘तीन जना सन्तान (२ र ४ वर्षीया छोरी तथा ६ वर्षीय छोरा)लाई लिएर उहाँकै रेखदेखमै समय वित्ने गरेको छ, सहयोगको आवश्यकता रहे पनि सहयोग माग्न कहाँ जाने र कोसँग माग्ने सुझबुझ नभएको बताइन ।’
पतिको उपचार गराउन अहिले आफुहरुलाई सहयोगको खाँचो रहेको खातुनले बताइन । ‘उहाँको उपचारको चिन्ताले पिरोलेको छ, हामीलाई अहिले उपचारमा सघाउने सहयोगी हातहरुको आवश्यकता रहेको बताइन ।’
आजादको अहिले अहिले गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुँदै आए पनि मृगौला फेर्न उहाँलाई काठमाडौं लग्नुपर्ने परिवारजनले बताउनुभयो ।