शुभ नारायण यादव
राजविराज, ०७ असार ।
दस वर्षीया एक बालिकाको घाँटी रेटेर भएको हत्या घटनाका सलग्न सप्तरीमा एक जना आरोपीत युवक पक्राउ परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरहि हटैल टोलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेका छन् ।
गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन । यसेबिच आरोपीको प्रारम्भिक वयानअनुसार करणी गर्न खोजेको र नमाने घाँटी रेटी हत्या गरेको बुझिएको तथा आरोपी हाल ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।’
यता घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो नेतृत्वमा विशेष टोली खटाइएको थियो । पछिल्लोपटक जिल्लामा बालबालिकाहरुमाथि जवर्जस्तिकरणिको घटनामा बृद्धि भएको सप्तरी प्रहरीले जनाएको छ ।