शुभ नारायण यादव,
राजविराज, ०७ असार ।
सहिदहरुको स्मृतिमा नेकपा माओवादी केन्द्र सप्तरीद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । माओवादी केन्द्रले जनयुद्धका सहिदहरुको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् केन्द्रीय सदस्य अशोक कुमार मण्डल सहित ४५ जनाले रक्तदान गरका छन । रक्तदान गर्नेहरुमा अध्यक्ष एवम् केन्द्रीय सदस्य मण्डल , बिरेन्द्र साह, अनिल साह, खुश्बु साह,रामगमन साह,सुनिता साह,कबिता ठाकुर,राहूल मण्डल, मनोज यादव, प्रभु नारायण यादव, जयराम चौधरी, दिप नारायण साह,मिनमिन कुमार यादव,बिबेक यादव,डोमनी मुखिया,अशोक कुमार यादव,भुपनेश्वर पासवान,मनोज कुमार यादव,अनिता कुमारी मुखिया,भुपेन्द्र प्रसाद यादव,जय प्रकाश यादव,प्रमोद कुमार यादव,कन्हैया कुमार मण्डल,सुनिल कुमार मेहता,सकिर खाँ,हिमान्सु साह,अजित कुमार साह,दिनेश यादव,श्रवन कुमार झा,अभिनव कुमार झा,प्रवेश कुमार मिश्र लगायतका छन् ।
माओवादी जनयुद्धमा सहिद भएकाहरु नेता दशरथ ठाकुर, गोबिन्द चौधरी, रमेश राम, ईन्द्रदेव बिश्वासको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको माओवादी केन्द्र सप्तरीले जनाएका छन् । माओवादी केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिका १० स्थिति रहेको सहिद रमेश रामको शालिकमा फुलमाला लगाएको छ ।
माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् केन्द्रीय सदस्य अशोक कुमार मण्डल , प्रदेश सभा सदस्य महेश प्रसाद यादव,छेदी रजक,अनिल साह सहितका माओवादी नेताहरूद्वारा सहिद रामको शालिकमा फुलमाला लगाएका थिए ।