शुभ नारायण यादव,
राजविराज, ०६ असार ।
करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका वडा न.–३ का सञ्जिब लौगी मृत्यू भएका छन् ।
स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका सञ्जिबलाई गएराती करेन्ट लागेको थियो । बिजुलीको तारमा फलामको पाइपबाट सञ्जिबलाई करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताउनु भयो ।
उहाँका अनुसार भुईंमा छटपटाएको देखेर छोडाउन गएका उहाँका दाजु सुरेन्द्र र बचाइका छोरा शिवकुमार माझी पनि करेन्ट लागेर घाइते भएका छन् । यता घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ भने माझीको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।