शुभ नारायण यादव
सप्तरी, ४ असार ।
सप्तरीमा बालिका सामूहिक बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।
उनलाई सप्तरी प्रहरीले गएराति उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाका अनुसार ९ असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।
सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो ।
यता पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डीएसपी काफ्ले जानकारी दिनुभयो ।