शुभ नारायण यादव,
सप्तरी २२ कार्तिक ।
प्रदेश नंं. २ का भुमि व्यवस्था तथा कृषि सहकारि मन्त्री शैलेन्द्र प्रसाद साहले मधेशी जनताको अधिकार र विकास संगै अगाडि बढाउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । विशिष्ट अतिथिको आसन्नबाट बोल्नुहुदै मन्त्री साहले मधेशमा राजनितिक अधिकारसंगै सामाजिक परिवर्तन पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाले सङघिय सरकारले दिएको अनुदान प्रदेश सरकारले समयमा उपलब्ध नपाएकोले किसानहरुले समयमा मल खाघ पाउन नसकेको तथा स्रोत साधनको अभावमा प्रदेश सरकार चाहेर पनि समयमा किसानहरुलाइ मल खाघ र बीउ विजन उपलब्ध गराउन नसकेको स्पष्ट पार्नुभयो । मन्त्री साहले कुलेखानी मार्फत प्रदेश सरकार सिचाइको व्यवस्था गर्न लागिपरेको जिकिर गर्नुहुँदै उहाले प्रदेश न, २ ले सकेभन्दा बढि युवाहरु बिदेशिने गरेकाले बेरोजगार युवाहरुको लागि रोजगारमुखि बनाउने प्रदेश सरकार तयार रहेको बताउनुहुदै कृषि आधुनिकिकरण गरि व्यवसायिकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।उहाले प्रदेश सरकारले व्यवसायि रुपमा व्यवसाय गर्नका लागि बिना ब्याज ऋण उपलब्ध गराउने तथा साना किसानहरुका लागि प्रदेश सरकारले १० हजार रुपैया मलखाघ तथा बीउ बिजन खरिद गर्न अगामि आ.व. देखि प्रदान गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले प्रदेश स्तरिय दूध डेरि उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउदे मन्त्री साहले त्यसमा प्रती लिटर किसानहरुलाइ २ रुपैया प्रदान गर्ने बताउनुभयो ।
जसपा युवा समुहका राजेश राय राहुलको अध्यक्षता तथा जसपाा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द कुमार सिह यादवको प्रमुख आतिथ्यमा आयोजित सो शुभकामना आदान प्रदान कार्यक्रममा जसपाका युवा नेता सत्येन्द यादव , लक्ष्मण यादव ,नन्दकिशोर गुप्ता ,जसपाका नेता एव वडा सदस्यहरु शम्भु यादव ,राम कुमार राय, बैजनाथ यादव लगायतकाहरुले मधेशी जनता र मधेशको सम्बृद्धि विकास हुनुपर्नेमा जोड दिनुभयो ।
वडा दशैं शुभ दिपावली तथा छठ पर्वको अवसरमा जनता समाजवादी पार्टी युवा समूह बिष्णुपुर गाउपालिका वडा न.६ गोरगमामा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव मनोज, जसपा केन्द्रीय सदस्यहरु दिनेश कुमार यादव ,विशेश्वर रजक, बोदेबसाइृन नगरपालिका अध्यक्ष आतेश सिह यादव,.जसपा नेता सुरेन्द्र यादव ,तिलाठि कोइलाडि गाउपालिका अध्यक्ष सतिश कुमार सिह , विद्यार्थी नेता किशोर कुमार यादव केसि ,महिला नेतृ उषा झा ,मिरा यादव , वडा सदस्य राम कुमार राय ,राम नारायण यादव ,श्री चन्द साह ,बिष्णुपुर गापा.५ का वडाअध्यक्ष जिबछ मण्डल ,शिब शंकर यादव ,.बिजय साह , विद्यार्थी नेता शम्भु यादव लगायतका बक्ताहरुले बिकासको जग जसपा नेपाल नै रहेको दाबि गर्दै सम्पुर्ण मधेशी जनताहरुलाइ बिकास र मधेशको अधिकारका लागि एक जुट हुन आग्रह गर्नुभएको छ ।