शुभ नारायण यादव सप्तरी ,२७ जेष्ठ । काेराेना महामारिका कारणले गुजारा चलाउन समस्या परेका गरिब तथा बिपन्न परिवारलाई स्वावलम्बन लघुवित बितिय सस्था लि. शाखा कार्यालय राजविराज सप्तरीले राहत वितरण गरेकाे छ । स्वच्छ लघुवित हाम्राे अभियान भन्ने मुल नाराका साथ स्वावलम्बन लघुवित बितिय सस्था लि. शाखा कार्यालय राजविराज सप्तरीले काेभिड १९ राहत वितरण कार्यक्रम अन्तर्गत सप्तरीको विभिन्न केन्द्रका ४० जना विपन्न परिवारलाई राहत वितरण गरेका हुन । गत बर्ष कल्याणकारी काेषमा राहत प्रदान गरेकाले यश वर्ष सस्थाले आफेै गरिब ,विपन्न परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकाे सस्थाका प्रबन्धक कुमार थापाले जानकारी दिनुभयाे । सस्थाका जिल्लाका विभिन्न केन्द्रका ४० जना सदस्यलाई प्रती परिवार चामल १० किलाे , नुन १ केजि ,१ पाेका खाने तेल ,मुरहि ,साबुन ,दाल ,माक्स लगायतका सामग्रीहरु वितरण गरेकाे सस्थाका प्रबन्धक थापाले जानकारी दिनुभयाे । काेराेना कारणले राेजगारि गुमाएका सप्तरीको विभिन्न केन्द्रका गरिब ,विपन्न परिवारलाई राहत वितरण गरेकाे तथा थप २५ जना गरिब ,विपन्न परिवारलाई राहत वितरण गर्ने सस्थाले जनाएको छ । यसका साथै संस्थाले बेशाख र जेष्ठ महिनाकाे ब्याज असार मसान्तसम्म बुझाएमा ब्याजमा १५ प्रतिशत छुट दिने व्यवस्था रहेकाे छ । साथे काेराेनाका कारणले कुनै पनि सदस्य पाेजेटिभ भएमा १५ सय रुपेया पाेषणकाे लागि सहयाेग गर्नुका साथै सदस्य पाेजेटिभ भएमा अस्पतालमा भर्ना हुदा १० हजारसम्म उपचार खर्च दिने जनाएको छ । त्यस्तै बिमा नभएको खण्डमा सदस्य मरेकाे खण्डमा ५ हजार किरिया खर्च तथा कर्जा लिएको सदस्यलाई कर्जा नेै मिनाहा गर्ने व्यवस्था गरेकाे सस्थाका नरेश महताेले जानकारी दिनुभयाे । विगत १५ बर्षदेखि सप्तरीमा सन्चालनमा रहेकाे तथा झण्डै १८ सय महिलाहरु सदस्य रहेका छन । ९ कराेड लगानि राजविराज शाखाले अहिले सम्म लगानि गरेकाे सस्थाले सप्तरीको राजविराज सहित छिन्नमस्ता गापा ,बिष्णुपुर गापा , महदेवा गापा ,तिलाठि काेइलाडि गापा स्थानीय तहमा सन्चालनमा रहेकाे रहेकाे सस्थाले जनाएको छ । नेपाल भरिमा १४० वटा शाखाहरु रहेकाे तथा ६२ वटा जिल्लाहरुमा स्वाबलम्वन लघुवित सस्था सन्चालनमा रहेकाे छ । यता यस्तो काेराेना महामारि तथा लकडाउनकाे समयमा अाफुहरु भाेकभाेकै बस्नु परेकाे अवस्थामा संस्थाले राहत प्रदान गरेकाेमा केन्द्रका सदस्यहरुले खुशि ब्यक्त गरेका छन ।