शुभ नारायण यादव सप्तरी ,२६ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरीको आयोजनामा असंम्बैधानिक कदमको विरोधमा सप्तरीको राजविराज अदालत अगाडी विरोध प्रदर्शन गरेका छन । जेठ ७ गते राष्टपति बिद्यादेवी भण्डारीले मध्य राती सँसद विधटनको सिफारिस र प्रधानमन्त्रिमा केपी शर्मा ओलीलाइृ नियुक्ती तथा निर्वाचनको धोषणा गरिनु संबिधानको बर्खिलाप रहेको भन्दै सर्वोच्च अदालतमा नेपाली काग्रेस, नेकपा(मायोबादी केन्द्र),राजपा,नेकपा(एमाले)नेपाल–खनाल समुह, राष्टिय जनर्मोचाले संयुक्त रुपमा मुद्दा हालेका छन । सो मुद्दाको न्याय सम्पादन अबिलम्ब गर,स्वतन्त्र न्याय प्रणाली माथीको हस्तक्षेप बन्द गर,कानुनी शासनको वहाली चाडौ गर, लगायतका प्लेकार्ड बोकेर राजविराज स्थित उच्च अदालत जनकपुर राजविराज ईजलास र जिल्ला अदालत सप्तरी अगाडी ११–१२ वजे सम्म एक धण्टा प्रदर्शन गरेका छन । नेकपा (माओवादी)केड्डसड्ड तथा जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा सो प्रदर्शन भएको थियो । । स्थानिय शिव मन्दिरबाट निस्केको ्रयाली अदालत अगाडी पुगेर एक धण्टा सम्म प्रदर्शन गरेका थिए । । सो अवसरमा पार्टीका प्रदेश सदस्य महेश प्रसाद यादव,अरुण साह,छेदी रजक,जिल्ला सदस्य रामगमन साह,मुकेश यादव,राहुल मण्डल,कृष्णदेव मण्डल,अशोक जयशवाल,बशन्तमण्डल, श्रवन मण्डल,मेख बहादुर तामांगा,कृष्ण मण्डल, जगजीवन राम, सुनिता साह,कविता ठाकुर,मनोज यादव, भुपेन्द्र यादव,अशोक मण्डल,अनेरास्बवियूका सप्तरी ईन्चार्य जेपी यादव,जिल्ला अध्यक्ष रंजीत मण्डल, बरिष्ठ पत्रकार अनिल कुमार अनल,पेस संगठनका कार्यालय सदसय पत्रकार देवराम यादव,राधेश्याम यादव,मोहम्द सकुर,राम नारायण सरदार, बुधराम मण्डल,दिपेन्द्र यादव, लगायतको उपस्तिथी थियो । साे ्रयालीमा सहभागीहरु कोरोना सम्बन्धित स्बास्थ्य मापदण्ड अपनाएको थियो ।