शुभ नारायण यादव सप्तरी ,२२ जेष्ठ ।
सप्तरीको राजविराज नगरपालिका वडा नः१० विरौल चौक स्थित हुलाकी राजमार्गको राजविराज–बिरौल सडक खण्डमा नाला निर्माणमा स्थानियवासीहरु जुटेका छन । बिगत वर्षदेखि नाला निर्माणमा स्थानिय अवरोध गरेका कारण नाला निर्माण र सडक निर्माणका सम्पुर्ण काम बन्द भएको थियो । आज बसेको सर्वपक्षिय बैठकबाट नाला निर्माण र सडक निर्माणका सम्पुर्ण काममा बिवाद समाधान गर्न महमद मुसलिमकाे संयोजत्वमा महमद तफेजुल,धनराज यादव,रामु दास,गंगा राम खंग,अरुण यादव,हरि नारायण यादव सदस्य रहेका छन । सो अवसरमा राजविराज नगरपालिका वडा नः१० का वडाध्यक्ष सुशिल दास,महादेवा गाउँपालिका वडा नः१ का वडाध्यक्ष जयश्वरकिशोर दास,वडा सदस्य कमल प्रसेला, हरि नारायण यादव,पत्रकार देवराम यादव,महेन्द्र यादव,कृष्णदेव मण्डल,बासुदेव यादव,महमद समिम, हरेराम यादव,बिष्णुदेव यादव, शर्मा(वज्रगुरु लोहनी एन्ड ब्रदर्स जेभी कम्पनीका ईड्डलोकेन्द्र धिमिरे लगायतको उपस्थिती रहेको थियो । सो सडक भएर सयौ मानिसहरू,यातायातका साधन आवत जावत हुने ठाउँमा स्थानियले नाला निर्माणमा अवरोध गरेकोले समस्या भएको थियो । कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा(वज्रगुरु(लोहनी एन्ड ब्रदर्स जेभीले ८४ करोड ७३ लाख ६ हजार २२८ बजेट रहेको यस खण्डको काम २०७७ असार २६ गते सम्पन्न गर्ने गरी सम्झौता भए पनि सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माण समयमा सम्पन्न हुने काटछाट देखिदैन स्थानियबासी बताउँछन । स्थानियबासी विवाद खडा गरे पछि समयमा सडक निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको ठेकेदार कम्पनिको आरोप छ ।