शुभ नारायण यादव सप्तरी,२१ जेठ ।
बालिका अपहरणको आरोपमा सप्तरी प्रहरीले सप्तरीको रुपनिबाट एक जनालाई पक्राउ गरेका छन।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोज देवका १४ वर्षिया छोरीलाई मोटरसाईकलको पछाडि बसाएर लग्दै गर्दा त्यहीका ३७ वर्षिय नवीन देवलाई मोटरसाइकल र बालिका सहित प्रहरीले विहिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपि राजेन्द्र धमलाले बताउनु भयो ।
छोरीलाई जबर्जस्ती घरबाटै ललाईफकाई अपहरण गरी नविनले लगेको थाहा पाउने वितिकै प्रहरीलाई खबर गरेको बालिकाको परिवारले बताउनु भयो ।
यत आरोपी नवीन देवले हत्या,कुटपिट, लुटपिट,लागू औषध ओसारपसार , अपहरण लगायतका आपराधिक घटनामा समाजमा गर्दै , गराउदै आएको स्थानीयहरु बताउँछन् ।
प्रहरी र कानुनको उदासिनताले कति पटक हत्या जस्तो संगिन आरोपमा पक्राउ परेका नवीनलाई अदालतले दोषी ठहर गरेर पनि रकमकै चलखेलका कारण छुट्दै आएको वडा अध्यक्ष अरुणयादवले बताउनु भयो ।
यस घटनाको तहसम्म बुझेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख धमलाले बताएका छन।