शुभ नारायण यादव सप्तरी ,२० जेठ ।
ईन्टरनेट सेवाका सुविशु कम्पनीले सप्तरीमा ठगी धन्धा चलाएर उपभाेक्तालाई ठगी रहेको पिडित उपभोक्ताले गुनासो पोखेका छन । पिडित उपभोक्ताका अनुसार बिशेष प्याक ३ महिना भनेर दिएकाो सेवा एक महिनामै सेवा बन्द भएको जानकारी कम्पनीले दिने गरेको, ईन्टरनेटमा गडबडी भएको पुर्व जानकारी गराउादा पनि लामो समय पछि मात्र प्राबिधिक पठाउने गरेको , ईन्टरनेटमा आएको गडबडीको जानकारी पुर्व गराउदा पनि रकम काटीने गरेको सप्तरीको महादेवा गाउँपालिका –१का सन्तोष मण्डलको आरोप छन । त्यस्तेै ३० दिनको प्याकमा कम्पनीले २५ दिनमै सेवा बन्द गर्ने गरेको महादेवा गाउँपालिका –१का रामचन्द्र ठाकुरले गुनासो पोख्नु भयो । उहाँका अनुसार कम्पनीले भनेको प्रतिबद्घता बिपरित सेवा दिएको आरोप लगाउनु भयो । कमपनीका अनुसार जिल्लामा करिब ४/५ हजार सेवाग्राही रहेको कमपनीका सप्तरी प्रबन्धक महमद अमन अंसारीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा १८ वटै पालिकामा कम्पनीले सेवा प्रवाह गरीरहेको बताउनु भयो । यस जिल्लामा यो समस्या आम रुपमा रहेको पिडित उपभोक्ताहरु बताउँछन । कम्पनीले जिल्ला भरी सेवा दिने सम्बन्धित निकायमा सम्झोता गरेता पनि आंशिक रुपमा मात्र सेवा प्रवाह गरी रहेको तिरहुत गाउँपालिका –५का दिनानाथ यादवले बताउनुभयो । उहाँले कम्पनी विभिन्न बहाना देखाएर सेवा जिल्लामा सम्झोता अनुसार प्रवाह नगरेको बताउनुभयो ।