शुभ नारायण यादव,
राजविराज, १८ जेष्ठ ।
सप्तरीको राजविराज नगरपालिका –१० स्थित विरौल चौकका वडाध्यक्ष सुनिल दास र प्रमुख शम्भु यादवको कार्यकालमा हुलाकी राजमार्गको विवाद कारण निर्माणमा अवरोध उत्पन्न भएको छ । राजविराज–बिरौल सडक खण्डमा विरौल चौकमा मुलसडकमा नाला निर्माण गर्न नदिएर सो सडक भएर सयौ मानिसहरू,यातायातका साधन आवत जावत हुने ठाउँमा जनप्रतिनिधी दासले मापदण्ड अनुसार नाला बनाउन १६ मीटरको ठाउँमा १४ मीटर बनाउन दवाब दिएर नाला निर्माणमा अवरोध गरेकोले समस्या भएको छ । कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा वज्रगुरु लोहनी एन्ड ब्रदर्स जेभीले लिएको छ । ८४ करोड ७३ लाख ६ हजार २२८ बजेट रहेको यस खण्डको काम २०७७ असार २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थिए । तर सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा जनप्रतिनिधी वडाध्यक्ष दासले स्वयम विवाद खडा गरे पछि समयमा सडक निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको ठेकेदार कम्पनीको आरोप छ ।