शुभ नारायण यादव सप्तरी, १३ जेष्ठ । कोभिड न्युनीकरणको लागि एसएनभि नेपालको सहयोगमा खडक नगरपालीकामा संचालनमा रहेको वास एसडिजि कार्यक्रम अन्र्तगत सबल नेपालद्धारा आज एक कार्यक्रम गरी खडक नगरपालीकालाई हस्तान्तरण गरीएकाे छ । सप्तरीको खडक नगरपालीकाद्धारा संचालनमा रहेको आईसोलेसन सेन्टरको लागि तथा स्वास्थय चौकिहरुमा हात धुने स्टेशनको संचालनको लागि विभिन्न सरसफाइ जन्य सामाग्रीहरु उपलब्ध गराएको हाे । कुल ३ लाख ९९ हजार रकमको सामग्री हस्तान्तरण गरीएको सबल नेपालका प्रमेश्वर झाले जानकारी दिनुभयाे । जस अन्र्तगत के९५ मास्क १०० थान, सर्जिकल मास्क ५० प्याकेट, हेन्ड स्यानिटाईजर ५०० मिलिलीटरको २०० थान, पिपिई सेट ५० सेट, फेसशिल्ड १०० थान, सर्जिकल ग्लोभस ५० प्याकेट, लाईफ व्याव हेन्ड वास लिक्वीड २०० मिलीलीटर को १०० थान, लाईफव्याव साबुन ५०० थान, फिनाईल ५० थान, हार्पिक ५० थान वितरण गरीएको छ । उक्त अवसरमा खडक नगरपालीकाको मेयर हेमायु हक, उपमेयर याश्मिन सुल्तान, वडा नं ७ को वडा अध्यक्ष राकेश साह तथा स्वास्थय संयोजक जयकान्त पंडितको उपस्थिति रहेको थियो भने एसएनभि नेपालको तर्फ बाट कृष्ण जिसी तथा सबल नेपालको तर्फबाट कार्यक्रम सुपरभाईजर देवेश् चौधरीको उपस्थिति रहेको थियो ।