शुभ नारायण यादव सप्तरी ,९ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.२ रम्पुरामा पाेखरिमा डुबेर आज दिउसाे एक नाबालिकाकाे मृत्युु भएको छ ।घर नजिकैको पाेखरिमा नुहाउने क्रममा स्थानीय बिनाेद मण्डलका अढाई बर्षिया सबित्रा कुमारि मण्डलकाे पाेखरिमा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । यसेैबिच मृतक नाबालिकाकाे हाल शव पाेष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।