शुभ नारायण यादव सप्तरी ,१९ कार्तिक ।सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको आज बिहान मृत्यु भएको छ ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज सप्तरीमा कार्यरत २८ वर्षीय फारमेसि राजन साफिकाे कोरोना संक्रमणले मृत्यु भएको हो । केही दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।याे संगेै सप्तरीमा काेराेनाका कारणले मृत्यु हुनेकाे सङ्ख्या २९ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।