शुभ नारायण यादव,
राजविराज, ०२ जेष्ठ ।
सप्तरीमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मृतकहरु सप्तरीको कञ्चनरुप नगरपालिकाका दुई तथा राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी चार जनाको मृत्यु भएको हो । कञ्चनरुप नगरपालिकाका दुई संक्रमितमध्ये एकजनाको नोबेल अस्पतालमा र अर्काको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । प्रमुख यादवका अनुसार सप्तरीमा पछिल्लो ४ जनाको मृत्यु समेत गरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।