ईमधेश न्युज सम्बादाता सप्तरी ,२९ बैशाख ।
सप्तरी प्रशासनले विना माक्स हिड्नेलाई जरीवाना गरे पनि खुल्लेआम कालोबजारी गर्दा मौन बसेको छ ।
सप्तरीमा एक हप्ता अगाडीसम्म मेडिकल माक्स एक सय २० रुपैयामा उपलब्ध हुने गरेकोमा अहिले सोही माक्स बजारमा एक सय ७५ देखी ४ सयसम्ममा बिक्री भइरहेका छन् ।
विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला सप्तरीका अधिकांश बजारमा मेडिकल माक्स अभाव देखिएको छ । बजारमा माक्स अभाव भएसँगै केही ठाउँमा अन्य ठाउँको भन्दा ४ गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा माक्स बिक्री भइरहेको छ ।
सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा केही बिचौलिया व्यवसायीले कोरोना भाइरसको महामारीको समयमा बजारमा माक्समा कालोबजारीसहित ब्रह्मलुट गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न पनि सतर्कता अपनाउन माक्स प्रयोग अनिर्वाय भएको समयमा केही बिचौलिया व्यवसायीले बढी मुल्यमा बिक्री बितरण गरिरहेको छ ।